Select Page
म भागिरहेछु निद्राबाट
तर सपनाका पिशाचहरु
राँको लिएर
मलाई नै खोज्न
आईरहेछन्,
म लुक्ने प्रयत्न गरिरहेछु
तर कहाँ सक्छु र
अतीतका ती
टर्रा यादहरु मेट्न ?
पश्चातापको भुङ्ग्रोमा जलिरहेको
मेरो बर्तमान भुलाउन
अहिले मलाई केवल
बेहोशी चाहिएको छ
मलाई मात्र वेहोशी देउ,
बस त्यति नै काफी छ,
म आज मरेर फेरि भोलि उठ्नेछु
अनि स्मरण गर्नेछु
हिजोकै शवका चिन्ताहरु
हातमा बाँधिएका
अद्रिश्य हतकडीहरुबाट
पार त शायद म
कहिल्यै हुन नसकौँला,
तर अफसोच त केवल
यत्ति छ कि
हार खाईसकेपछि पनि
खेल चलिरहेछ ।
(25 December 2020)