Select Page
तिम्रो सुन्दरतामा मोहित भएर
चितवनका गिद्धहरु
सिनो खान छोडिदिईसके

तिम्रो हरियो आँखाको
गहिराईमा
बर्दियाका काला भैँसी
आहाल खेल्न मन पराउँछन्
अनि,
त्यो रातो कपालको चमक देखेर
बिरगंजका माकुराहरुलाई
आफ्नो जाल प्रति
घृणा जागेर आउँछ
साँच्चै,
तिम्रो मायाको दुर्गन्ध
हाम्रो गाउँभरि फैलिसक्यो

रातभर हाम्रो भट्टीमा पनि
तिम्रै चर्चा चर्चित छ ।
(३,४,४,५)
(2020 November 8)