Select Page
हो,
यो सहर मलाई मन पर्दैन
यो समुद्र किनार पनि
यो आकाश मलाई
बिरान लाग्छ,
र म हिँडेको
फुटपाथ पनि
यो सहरको कुना कुनामा
तिम्रो खुश्बुले
मलाई झकझक्याउँछ
यो समुद्रको
हरेक लहरमा बसेको
तिम्रो परेलीको
झङ्कारले
अनि
रातमा उड्ने
जुनकिरीमा लुकेको
अहङ्कारले
मलाई
दिनरात
गिज्याउँछ

साच्चै,
यो सहर मलाई मन पर्दैन
यो समुद्र किनार पनि

(2 November 2020)