बुझ्दैनौ तिमी, मेरो रहरहरुमा पनि विवशता लुकिरहेछन्, सहरको रमझममा म झन्-झन् एक्लिदै गईरहेछु तर बुझ्दैनौ तिमी, मेरा हातका रेखाहरु यसै मेटिएका छैनन्, सधैँ हाँसेरै बसिरहन्छु किनकि आँशुहरु त सुकेरै गईसकेका छन्, तर बुझ्दैनौ तिमी, मेरा सपनाहरु यसै प्रज्वलित हैनन्, यिनैमा मैले हजारौ राँकेभूतहरुको वलि चढाएको छु के वुझ्छेउ र तिमी, तिम्रो अनुहारमा कहिल्यै माटोको दाग परेको छैन, म शैतानले तान्दा तान्दै जमिन चिरेर भागेको मान्छे हुँ तिमीले स्वर्गको खुशी मात्र चिनेकी छ्यौ, मेरा साना झिना कुराहरु बुझ्दैनौ तिमी ।
(21 March 2021)